Deneme Bonusu Veren Siteler
बिहिबार, पौष १८, २०८१
Thursday, January 2, 2025
काठमाडौं– कांग्रेस–एमाले, एमाओवादी–मधेसीले छुट्टाछुट्टै मोर्चा बनाएपछि एमाओवादीबाट अलग भएको नेकपा–माओवादीले पनि मोर्चाबन्दीको निर्णय भएको छ ।
साना दलसहितको राष्ट्रिय स्वाधिनता आन्दोलन सुरु गरेको वैद्य समूहले तिनै दल समेटेर क्रान्तिकारी मोर्चा बनाउने निर्णय गरेको हो । मोर्चाको प्रारुप र नेतृत्वबारे निर्णय नभएको नेकपा माओवादीका अध्यक्ष मातृका यादवले जानकारी दिए ।
वैद्य माओवादीको मोर्चामा क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेकपा एकीकृत, ताम्सालिङ, नेपाल नागरिक पार्टी, जनमुक्ति पार्टीलगायत छन् ।
यसैबीच बिहीबारमात्रै संघीयता पक्षधरको मोर्चा बनाउने निर्णय गरेको एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुको मोर्चाबन्दीले विपक्षी दलसँग सहमति गर्न सहज भएको बताएका छन् ।
राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा प्रचण्डले समान धारणा भएका पार्टीको मोर्चाबन्दीले चाँडै सहमति हुने पनि विश्वास व्यक्त गरे ।
तपाईको प्रतिक्रिया