Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं – नेपालमै आयोजना हुने आइसीसी विश्व क्रिकेट लिग-२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । पोखरामा एक हप्ताको प्रशिक्षणपश्चात् नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

कमलसिंह ऐरीले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउँदा सोमपाल कामी र बसन्त रेग्मी बाहिरिएका छन् । नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, शरद भेषवाकर, विनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, अबिनाश बोहरा, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी, रोहितकुमार पौडेल र ललित राजवंशी छन् । चार खेलाडी पवन सराफ, सुबास खकुरेल, सन्दीप जोरा र किशोर महतो वैकल्पिक रोजाईमा राखिएको छ ।

नेपालको मुख्य प्रशिक्षक उमेश पटवाल, प्रशिक्षकमा जगत टमाटा र सहायक प्रशिक्षकमा बसन्त शाही छन् । बिश्व क्रिकेट लिग-२ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल माघ २२ गते ओमानसंग खेल्नेछ । माघ २५ गते अमेरिकासंग, माघ २६ गते ओमानसंग तथा माघ २९ गते अमेरिकासंग चौथो खेल खेल्ने छ ।***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया