काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीका स्टार खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेत भारतीय वुमन्स आई लिग खेल्न भारत प्रस्थान गरेका छन् । सावित्रा र अनिता मंगलबार भारत प्रस्थान गरेका हुन् ।
यी दुवै खेलाडीले अघिल्लो बर्षको आई लिग पनि खेलेका थिए । अघिल्लो बर्ष सेथु एफसीबाट दुवै खेलाडीले खेलेका थिए भने यो बर्ष सावित्राले क्लब परिवर्तन गरेकि छन् ।
यस सिजनको लिग सावित्राले गोकुलम केरलाबाट खेल्न लागेको बताइन् । गोकुलमले राम्रो प्रस्ताव ल्याएपछि आफूले क्लब परिवर्तन गरेको सावित्राले बताइन् ।
घरेलु टिम एपीएफ क्लबबाट खेल्ने यी खेलाडी आई लिगमा भने एक अर्काको विरुद्व खेल्ने छन् । ‘अनितासँग मेरो राम्रो कम्बिनेसन हुँदै आएको थियो । नेपालका लागि र एपीएफमा हुँदा राम्रो हुन्थ्यो । म उसलाई मिस गर्छु’,सावित्राले भनिन् । अघिल्लो बर्ष सेथु एफसी च्याम्पियन बनेको थियो ।