Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

कठमाडौं – अखिल नेपाल फुटबल संघले अनुशासनको कारबाहीमा परेका चार खेलाडीको प्रतिबन्ध घटाउने निर्णय गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेल खेल्न जानुअघि नाइट क्लबमा भेटिएको भन्दै एन्फाको  अनुसन्धान  कमिटीले विमल घर्तीमगर, अञ्जन विष्ट, दिनेश राजवंशी तथा सन्तोष तामाङलाई प्रतिबन्ध लगाएको थियो ।

अनुशासन कमिटीले विमल र दिनेशलाई ९०-९० दिन तथा अञ्जन र सन्तोषलाई ४५-४५ दिनको प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उनीहरूको प्रतिबन्ध अवधि २७ दिन घटाइएको एन्फाले जनाएको छ ।

अनुशासन कमिटीको निर्णयअनुसार उनीहरूमाथिको प्रतिबन्ध मंसिर २७ बाट लागू हुने भनिएको थियो, तर नयाँ निर्णयअनुसार उनीहरूमाथिको प्रतिबन्धको गणना कात्तिक ३० देखि हुने भएको छ ।

अनुशासन कमिटीले उनीहरूमाथि लगाएको जनही ५० हजारको जरिवाना भने यथावत् रहने एन्फाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया