Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – नेपाल राष्ट्र बैंकले आईतवारदेखि रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस) सञ्चालनमा ल्याएको छ ।

यसले चेक काट्ने तथा अन्य व्यवहारिक समस्यालाई समेत समाधान गरिदिने भएको छ ।

बैंकका अनुसार रु दुई लाखभन्दा बढीको भुक्तानीमा चेक काट्नु नपर्ने भएको छ । यस्तै बैंक तथा वित्तीय संस्थाले एकापसमा गर्ने भुक्तानीमा समेत सोही प्रणाली लागू भएकाले चेक काट्नुपर्ने अवस्थाको अन्त्य भएको हो । यसबाट चेक बोक्नुपर्ने बाध्यताको समेत अन्त्य भएको छ ।

आफ्नो खातामा भएको रकम बैंकमा गएर कसलाई भुक्तानी दिनुपर्ने हो, त्यसको सूचना दिएपछि बैंकका कर्मचारीले चेक नकाटी भुक्तानी दिनेछन् । त्यसअघि सामान्य एउटा फर्म भरे मात्रै हुनेछ । यस्तै खाता भए-नभएको, खातामा पैसा भए-नभएको तथा खातावाल व्यक्तिको आवश्यक विवरण रुजुपछि बैंकले तत्काल नै अर्को व्यक्तिको खातामा पैसा पठाइदिने छ । यसबाट समयको बचत हुने छ । यस्तो प्रणाली तत्कालका लागि भने ऐच्छिक मात्रै हुनेछ । सबै ग्राहक अभ्यस्त भइसकेपछि पूर्णरुपमा लागू गर्ने केन्द्रीय बैंकको भनाइ छ ।
यस प्रणाली लागू भएपछि चेक क्लियरिङमा कुनै समय लाग्दैन । सामान्यतया चेक क्लियरिङमा २४ घण्टा समय लाग्दै आएको छ । यस्तो व्यवस्था तत्कालका लागि भने रु दुई लाख माथिको कारोवारमा मात्रै लागू हुनेछ । त्यसभन्दा तलको परिमाणको रकममा भने चेक आवश्यक पर्नेछ ।

आरटिजिएस प्रणालीमा सबै उपभोक्ता अभ्यस्त भइसकेपछि भने जुनुसुकै परिमाणको रकममा समेत चेक काट्नु नपर्ने अवस्थाको अन्त्य हुनेछ । यो प्रणालीले तत्कालको तत्काल नै रकम जम्मा हुनेछ ।

सो प्रणालीको शुरुआत गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले आरटिजिएस प्रणाली प्रविधिको क्षेत्रमा नयाँ र प्रभावकारी प्रणाली भएको बताउनुभयो ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले यही भदौ २२ गते नै आरटिजिएस प्रणाली लागू गर्न २८ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग सम्झौता गरिसकेको छ । राष्ट्र बैंकले यही भदौ १९ गते आरटिजिएस नियमावली ल्याएको थियो । सोही नियमावलीअनुसार नै भदौ २० गते निर्देशन दिँदै २४ गतेभित्र कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।

केन्द्रीय बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार बैंक तथा वित्तीय संस्थाले अनिवार्यरुपमा आरटिजिएस प्रणालीमार्फत गर्नुपर्छ । उहाँका अनुसार जुन बैंकको चेक हो, त्यही बैंकको अर्को खातामा साट्दा मात्रै उसै दिन साटिने गरेको छ । एउटा बैंकको चेक अर्कोमा साट्दा पैसा जम्मा हुन कम्तीमा पनि एक दिन लाग्ने बाध्यता आरटिजिएस प्रणालीले अन्त्य गरिदिनेछ । भुक्तानी गर्ने खातावालले मेरो खाता यो बैंकमा छ, खाता नम्बर यति हो र भुक्तानी गरिदिनु भनेपछि तत्कालै भुक्तानी हुने मिश्रले बताउनुभयो । ***

तपाईको प्रतिक्रिया