काठमाडाैं – खानपान र रहनसहनका कारण मानिसको शरीर बढि रहेको छ । व्यवस्थित खानपान नहुँदा र शारीरिक अभ्यास नहुँदा यस्ता समस्या दैनिक बढ्दो छ । त्यसमा पनि ग्रामिण भेगमा भन्दा शहरिया जीवन अँगालेका मानिस मोटोपनको शिकार भएका छन् ।
मोटोपनलाई यसरी नियन्त्रण गर्न सकिन्छ:
- बेलुकाको खाना चाँडै खानुपर्छ ।खाना खानेबित्तिकै सत्नुहुँदैन ।खाना खाएको २ घन्टापछि मात्र सुत्नुपर्छ । खाना खानेबित्तिकै सुत्ने बानीले मोटोपन बढाउँछ ।
- थोरै खाने, दिनमा तीन-चारपल्ट खाने बानी राम्रो हो । सधैँ नियमित रूपले खाना खानुपर्छ ।
- तौल घटाउन व्यायाम गर्नुपर्छ । बिहान सबेरै हिँड्ने बानी बसाल्नुपर्छ । व्यायाम सकेपछि नियमित नुहाउनुपर्छ । यसले शरीरलाई स्वच्छ र फुर्तिलो बनाउँछ ।
- योगासन र प्राणायमबाट पनि तौल घटाउन सकिन्छ ।
- जंकफुड र गुलियो खानेकुराले मोटोपन बढाउँछ ।
- भोक लागेका वेला कम क्यालोरी दिने खानेकुरा गाँजर, काँक्रो, कागतीको सर्बत आदि खानुपर्छ ।
- मोटोपन घटाउने बहानामा खाना खान कम गर्नु राम्रो होइन । यसबाट हाम्रो शरीरमा नराम्रा असर देखापर्छन् । उसिनेको खानेकुरा मात्र खानुपर्छ भन्ने गलत धारणा पनि राख्नुहुँदैन ।
- नुनको मात्रा भने कमै प्रयोग गर्नु उचित हुन्छ । आत्मबलले अनुचित इच्छा वा लतलाई दबाउनुपर्छ ।
- तौल घटाउने दृढ संकल्प लिएमा यस्ता सानातिना समस्याको सजिलै निराकरण गर्न सकिन्छ ।
- प्रशस्त पानी पिउनुपर्छ ।