Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – मनोवैज्ञानिकका अनुसार घमन्ड हुनु भनेको हाम्रो संस्कारले भनेको जस्तो त्यति धेरै खराब र चिन्ताको विषय पनि नभएको बताउछन् ।  पछिल्ला केही समयमा भएका अध्ययन तथा अनुसन्धानले मानिसमा भएको अहंकारले उसको व्यक्तित्व विकासमा ठूलो भूमिका खेल्ने बताउँछ । अभिमान  भनेको आफ्नो शक्तिको प्रभावलाई कायम राख्ने गरी अरुसँग सम्बन्ध बनाउनुलाई बुझिन्छ । हरेक समयमा आफ्नो स्थान उच्च भएको अनुभूति गर्नु अभिमान हो ।

ब्रिटिश कोलम्बिया युनिभर्सिटीका मनोवैज्ञानिक जेसिका ट्रेसीले ‘प्राइडः द सेक्रेट अफ सक्सेस’ मा अभिमान र अहंकारका कारण मानिसले धेरै प्रगति गरेका छन्, यो प्राचीन समयदेखि नै अस्तित्वमा रहेको र प्रयोग हुँदै आएको प्रसंग उल्लेख गरेकी छन् । हामी आफ्नो प्रगतिमा गर्व गर्छौ, यसबाट सामाजिक फाइदा पनि हुने मनोवैज्ञानिकहरुको तर्क छ ।

मानिसमा घमन्ड भएन भने उसको कार्यक्षमता समेत अन्यलाई जानकारी हुँदैन, त्यसका कारण हामीमा घमन्ड हुनु जरुरी भएको मनोविदहरु बताउँछन् ।

अनुसन्धानबाट मानिसहरुले अहंकार, घमन्डलाई मानिसको जीवनमा एउटा राम्रो पक्षको रुपमा लिने गरेको पत्ता लागेको छ ।

मानिसमा रहेको अहमताले सधै सफल बनाउने गर्दछ ।

आफ्नो सफलता र क्षमताप्रति खुशी हुनु स्वभाविक हो तर उक्त सफलतालाई शक्तिको रुपमा प्रयोग गर्न सुरु गरियो भने यसले समस्या निम्त्याउने गर्छ ।

तपाईको प्रतिक्रिया