Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – सुस्त जीवनशैली अपनाउने मानिसमा अकस्मात मृत्युको खतरा रहेको अध्ययनले बताएको छ । एक नयाँ अध्ययनका अनुसार, २० वर्षसम्म सुस्त जीवनशैली अपनाउने मानिसमा स्वस्थ जीवनयापन गर्नेको तुलनामा अकस्मात मृत्युको खतरा दुई गुणा बढि हुने देखिएको छ ।

नर्वे विश्वविद्यालयमा प्रोफेसरका अनुसार, हृदय रोग तथा अकस्मात मृत्युबाट बच्नका लागि शारिरिक रुपमा सधैं सक्रिर रहन आवश्यक छ ।

यस अध्ययनमा पछिल्लो २२ वर्षमा सबैभन्दा बढि समय शारिरिक गतिविधिमा आएको परिवर्तन र हृदय रोग तथा मृत्युबीचको सम्बन्धबारे खोज गरिएको थियो ।

‘द हन्ट’ अध्ययनका लागि नर्वेका २० वर्षमाथि उमेर समुहका मानिसलाई १९८४–१९८६, १९९५–१९९७ र २००६–२००८ समयमा सहभागी गराइएको थियो । यी तीन समयमा अनुसन्धानकर्ताहरुले मानिसको शारिरिक गतिविधिको अवधीबारे अध्ययन गरेका थिए । यो अध्ययनमा पहिलो र तेस्रो सर्वेमा पाइएको आँकडा प्रयोग गरिएको हो ।

अध्ययनका अनुसार १९८४–८६ र २००६–२००८ दुई समुहका मानिसहरुले कुनै पनि शारिरिक अभ्यास गरेका थिएनन् । उनीहरुमा हृदय रोगबाट मृत्युको जोखिम २.७ गुना र अन्य कारणबाट मृत्युको जोखिम दुई गुणा बढि देखिएको थियो ।

तपाईको प्रतिक्रिया