Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – सीमित कमाइकाबीच तपाईलाई परिवार चलाउनु पर्ने बाध्यता हुन्छ । वा तपाईको व्यक्तिगत जीवनयापन गर्नलाई नै तपाईले कमाएको पैसा अपर्याप्त भएको हुन सक्छ ।

पहिलाको तुलनामा तपाईको रोजगारी वा व्यवसायमा तपाईले प्राप्त गर्ने रकम बढेपनि रकम नजोगिएर हैरान हुन भएको होला र कसरी पैसा जोगाउने भन्ने सोचिरहनु भएको छ भने यो टिप्स तपाईलाई काम लाग्न सक्छ ।

पैसा जोगाउने केही तरिका
-उपहार योजनाबाट नलोभिनुस् । आफूलाई चाहिएको कुरा मात्र किन्नुस् । र आवश्यक परेको बेला मात्र किन्नुस् ।
-एक सय रुपैयाँको सामान आधा दाममा किन्दै हुनुहुन्छ भने के कुरा सम्झनुस् भने तपाईँले ५० रुपैयाँ बचाउँदा त्यति नै रकम खर्च गरिरहनु भएको छ ।
-प्रलोभनबाट बच्नुस् कुनै पसल वा व्यवसायको प्रवर्धन गर्ने सूचना आउने इमेलबाट बाहिरिनुस् ।
-खानपानको बजेटबारे ख्याल राख्नुस् खपत गर्ने सामान मात्र खरिद गर्नुस् ।
-सकेसम्म पैसाको प्रयोग गरेर सामान किन्नुस् कार्डको प्रयोगबाट वा डिजिटल रूपमा भुक्तानी गर्दा पैसा खर्च भए जस्तो नलाग्न सक्छ ।
-प्रयोग भइसकेका सामान किन्नुु्स् यो तपाईँको लागि सस्तो पर्न सक्छ र वातावरणीय हिसाबले उचित । अनावश्यक कुरा बेच्नुस ।
-ब्रान्डेड सामाग्रीको साटो साधारण सामान किन्नुस् ।

तपाईको प्रतिक्रिया