Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – सरकारले सार्वजनिक यातायातमा बिजुली बसलाई प्रोत्साहन गर्ने भएको छ । सोही उद्देश्यका लागि सरकारले साझा यातायातलाई ३ अर्ब रुपैयाँ रकम प्रदान गरेको छ ।

सरकारले ३ सय बिजुली बस सञ्चालन गर्ने लक्ष्यअनुरुप साझालाई सो रकम प्रदान गरेको हो । मन्त्रिपरिषदको निर्णयअनुसार सरकारले साझालाई बिजुली बस खरिद गर्ने जिम्मा दिएको हो ।

यस्तो बस खरिदका लागि सरकारले चार्जिङ क्षमता, सिट संख्यालगायत स्पेसिफिकेसन तोकेको छ । यसबारे मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी गराउनेछ ।

तपाईको प्रतिक्रिया