Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – अनलाइनमार्फत विज्ञापन गरी सस्तो मूल्यमा सामान पठाइदिने भन्दै ठगी गर्ने ३ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले अनलाइनमा विज्ञापन गरी सस्तो मूल्यमा सामान पठाइदिने भन्दै ठगी गर्ने ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश घर भइ काठमाडौं महानगरपालिका(१६ खुशिवु नयाँबजार बस्ने ३० वर्षीय आकिव जावेद, महोत्तरीको सोनम गाउँपालिका- ७ घर भइ काठमाडौं क्षेत्रपाटी बस्ने २० वर्षीय एमडी सगिर शेख र महोत्तरी गौशाला नगरपालिका(५ घर भइ काठमाडौं महानगरपालिका(१६ खुशिवु नयाँबजार बस्ने २२ वर्षीय यमदादुल मोमिन छन् ।

उनीहरुले मोवाईलबाट हवाट्स एप, ईमो, भाइबर, फेसबुक लगायतका सामाजिक संजालहरुमा तारा ग्याजेड्स नामक पेज बनाई बिदेशबाट ब्रान्डेड ल्यापटप, मोवाईल, क्यामेरा, घडी श्रृङगार लगायतका सामानहरु सस्तो मूल्यमा पठाईदिने विज्ञापन गरी ठगी गरेका खुल्न आएको छ ।

उनीहरुले एक महिनाको समयमा ८० लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया