Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – मनसुन सक्रिय भएपछि आइतबार रातिको वर्षाले इलामको सन्दकपुर गाँउपालिका ३ र ५ जोडने माइखोलाको निर्माणाधीन पुल बगाएको छ। ढलान गर्न ठिक्क पारेको पुलको जगै खोलाले बगाइदिएको हो। स्थानीय तहको निर्वाचनको बेला साविक जिल्ला विकास समितिको प्राविधिक कार्यालयमार्फत ०७३/०७४ मा सम्झौता भएर दिवा शंकर त्रिशक्ति जेभीले पुल निर्माणको जिम्मा पाएको थियो। ३ करोड १७ लाख रुपैयाँको लागतमा १ वर्षमा पुल निर्माण सक्ने सम्झौता भएको थियो। तर, सम्झौता अवधिको पुलको आधा पनि काम भएको थिएन।

पुलको दुवैतर्फ पिलर हालेपछि लामो समयसम्म बजेटको समस्या देखाउँदै ठेकेदार कम्पनीले पुल निर्माणको काम अघि बढाएको थिएन।

सो पुल निर्माणाधीन स्थान हुँदै भारतको दार्जिलिङसँग सिधा सम्पर्क भएकाले राणा शासन कालमा नै यो बाटो पूर्वका विभिन्न जिल्लाका बासिन्दाले उपयोग गर्दै आएका थिए ।

 

तपाईको प्रतिक्रिया