Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – विश्वमा सबैभन्दा खुसी कहाँका व्यक्ति होलान् भनेर सोधीखोजी पनि हुने गर्छ । संयुक्त राज्य अमेरिकाको ‘सस्टेनेबल डेभलपमेन्ट सोलुसन नेर्टवर्क’ ले विश्वभरको सर्वेक्षणबाट ‘हृयाप्पिनेस रिपोर्ट’ सार्वजनिक गर्ने गर्छ । उक्त रिपोर्ट अनुसार विश्वको सवैभन्दा खुसी मुलुक फिनल्याण्ड हो । पछिल्लो दुई बर्षको रिपोर्टले फिनल्याण्डलाई खुसी मुलुकको पहिलो सूचीमा समेटेको छ ।

पार्कमा बसिरहेकी एकजना बेली डान्सर पार्कबाट उठेर हिँड्छन् । पार्कबाट हिँड्दै गर्दा उनलाई महशुस हुन्छ कि, त्यहाँ उनको केही छुट्यो । हो उनले पार्कमै वालेट अर्थात पैसा राख्ने ब्याग छाडेर आएकी छिन् । पैसाको व्याग छुट्यो तर, उनी ढुक्क छिन् कि त्यो हराउने छैन । कसैले चोर्ने छैन । जहाँको त्यही हुनेछ । त्यसैले उनलाई पैसाको व्याग छाडेकोमा बेचैनी, औडाहा, हतारो, भय केही छैन । उनमा नकारात्मक भाव पनि छैन । किनभने कसैले उनको चोर्ने वा लुट्ने छैन । किनभने फिनल्याण्डमा चोरिने, हराउने भय एकरत्ती पनि हुँदैन । अरुको कारण दुःखी, असुरक्षित, अपहेलित हुनुपर्दैन ।

हामी जस्तो अरुको कारणले भयभित हुनुपर्ने, अरुको कारणले अपहेलित हुनुपर्ने, अरुको कारणले हतोत्साही हुनुपर्ने, अरुको कारणले क्रोधित हुनुपर्ने अवस्था त्यहाँ छैन । फिनल्याण्डबासीहरु खुसी हुनुको एउटा कारण यो पनि हो । तर, यत्ति मात्र पनि काफी छैन । फिनल्याण्डका मानिसहरु धेरै खुलेर खुसी व्यक्ति गर्ने वा धेरै दुःखी भएर बिलौना गर्ने प्रवृत्तिका छैनन् । उनीहरु अन्तर्मुखी हुन्छन् । रिस होस वा खुसी, खुलेर व्यक्त गर्दैनन् । उनीहरु आ-आफ्नै जिन्दगीमा मग्न हुन्छन् । उनीहरु एकदमै सन्तुलित जीवन विताउँछन् ।

फिनल्याण्डवासी खुसी हुनुमा त्यहाँको सुरक्षा स्थिति हो । कोही पनि, कसैबाट भयाभित छैनन् । सुरक्षाको प्रत्याभूत राम्ररी गरेका छन् । यी त भावनात्मक कुरा भए । खुसी हुनुमा जीवनशैली एवं रहनसहनले पनि भूमिका खेल्छ । स्वास्थ्य जीवन, सन्तुलित दिनचर्या, आपसी सद्भाव र सहयोग आदि कुराले फिनल्याण्डबासीलाई खुसी तुल्याएको हो । फिनल्यान्डवासीलाई धेरै खर्च गर्नुपर्ने वा कमाउनुपर्ने दवाव छैन । हामीले जीवनभरको कमाई छोराछोरीको शिक्षामा खर्च गर्छौं । पढेर पनि छोराछोरी बेरोजगार हुन्छन् । जबकी फिनल्याण्डमा अभिभावकले छोराछोरीको पढाईका लागि एकरत्ती तनाव लिनुपर्दैन । व्ययभार पनि हुँदैन । पठनपाठन, पोशाक, शैक्षिक सामग्रीदेखि खानेकुरासम्म सरकारले नै उपलब्ध गराउँछ । त्यो पनि गुणस्तरिय । फिनल्याण्डमा मानवअधिकारको सम्मान गरिन्छ । लैंगिक समानताको लागि पनि उदाहरणीय मुलुक हो यो । यहाँ बेरोजगारीको पीडा पनि छैन । सबैले सबैको ख्याल राख्ने किसिमको संस्कार र राज्य संयन्त्र छ । फिनल्याण्डमा अपराधिक गतिविधि शून्य बराबर छ । समृद्ध देश भएर पनि सरकारले जनतालाई विशेष सुविधा उपलब्ध गराएको छ । आर्थिक सुरक्षादेखि सित्तैमा स्वास्थ्य सेवा उपलब्ध गराउँछ । भनिन्छ, फिनल्याण्डमा कोहीपनि घरबारविहिन छैनन् । पर्यटक वा आगन्तुकले पनि त्यस मुलुकलाई अति सुरक्षित मान्ने गर्दछन् ।***

तपाईको प्रतिक्रिया