Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – इलाममा उत्पादित छुर्पी अमेरिका निर्यात हुन्छ, मानिस होइन कुकुरका लागि । विदेशमा कुकुर हेर्न मान्छे राख्ने चलन छैन । उसलाई भुलाएर राख्न छुर्पी राखिदिन्छ, जुन ऊ घन्टौँ चपाएर बस्छ । यसबाट घर फोहोर हुँदैन । महिनामा करोडौँ रुपैयाँ मूल्यबराबरको छुर्पी अमेरिका निर्यात हुने गरेको बताइन्छ ।

कुकुरले खाने छुर्पीमा फ्याट नहुने तर, प्रोटिन मासुमा भन्दा बढी हुने यहाँका व्यवसायी बताउँछन् । छुर्पी मासुभन्दा सस्तो हुन्छ । कुकुरलाई एक दिनमा खाइनसकेको छुर्पी पुनः खुवाउन सकिन्छ ।

मानिसले खाने छुर्पीमा बढी फ्याट हुने यस व्यवसायमा संलग्न माइजोगमाई गाउँपालिका–३ का हरि पोख्रेल बताउँछन् ।

नेपालको छुर्पीमा अत्यधिक प्रोटिन हुने भएकाले कुकुरका लागि पोषिलो मानिन्छ । कुकुरका लागि उत्पादित छुर्पीमा ६७ देखि ७५ प्रतिशतसम्म प्रोटिन हुन्छ ।

छुर्पीको एउटा ठूलो टुक्रालाई खाइसक्न कुकुरले कम्तीमा पाँच घन्टा लगाउँछ। छुर्पी पशुको हड्डीजस्तै कडा हुने भएकाले कुकुरले लगातार चपाउँदा मुखबाट रगत आउँछ । मुखबाट रगत नआएसम्म उसले खाएको स्वाद थाहा पाउँदैन भनिन्छ ।

सन् २०१३ देखि विदेशमा कुकुरका लागि छुर्पी निर्यात हुन थालेको हो । पहिला मानिसले खाने छुर्पी लेकाली भेगमा परम्परागत रूपमा मात्रै उत्पादन गरिन्थ्यो । यसले राम्रो बजार पाउन थालेसँगै यहाँ अहिले व्यवसायिक रूपमै उत्पादन गर्न थालिएको छ ।

छुर्पीले जापानमा राम्रो बजार लिएको थियो, तर पछिल्लो समय गुणस्तरहीन छुर्पी पठाउँदा अहिले बजार नै बन्द भएको बताइन्छ। नेपाली छुर्पी खुवाएपछि कुकुरको भुत्ला झर्ने र खुइलिन हुन थालेपछि छुर्पीको माग घटेको यसमा संलग्न व्यवसायी बताउँछन् ।

मानिसले खाने छुर्पीको बजार मूलतः नेपाल, भारत, भुटान र तिब्बत नै हो । तर, कुकुरले खाने छुर्पीको बजार अमेरिका, क्यानडा, युरोप र एसियाका धनी देश हुन् ।

धुँवाको बास्ना कुकुरले अधिक मन पराउने भएकाले छुर्पी सुकाउन धुँवाको प्रयोग गरिन्छ ।

तपाईको प्रतिक्रिया