Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – ग्लोबल आईएमई बैंक र जनता बैंक एकआपसमा गाभिने भएका छन् । नेपाल राष्ट्र बैंकले ठूला बैंकहरुलाई मर्जरमा जान निर्देशन दिएसँगै मर्जरमा जाने सहमति गर्ने यो पहिलो जोडी हो ।

दुवै बैंकले मर्जरमा जाने सहमति पत्रमा हस्ताक्षर गरिसकेको जनाइएको छ । पूँजी वृद्धि निर्णयपछि मर्जरमा जाने ग्लोबल र जनता बैंक नै पहिलो जोडी पनि भएका छन् । डीडीए रिपोर्टका आधारमा सेयर स्वाप अनुपात तय हुने पनि सहमति भएको छ । मर्जरपछि बैंकको नाम ग्लोबल आईएमई रहने छ ।

प्रमुख कार्यकारी अधिकृतमा जनता बैंकका परशुराम कुँवर क्षेत्री रहने भएका छन् । हाल जनता बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८६ हजार रुपैयाँ छ । यस्तै, ग्लोबलको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १५ हजार रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया