Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

टोकियो – ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने मुख्य नाराका साथ सन २०१५ मा स्थापना भएको गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानको दोश्रो अधिबेशन यही जुलाई १६ तारिखमा हुने भएको छ।

स्थापना कालदेखि जापानमा हरेक बर्ष मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्दै आईरहेको क्लवले केही समय पहिले मात्रै पाँचौ मैत्रीपूर्ण भलिबल प्रतियोगिता पनि भव्यरुपमा सम्पन्न गरेको थियो।साथै हाईजिमा युथ क्लव संगको सहकार्यमा फुटबल पनि सम्पन्न गरेको थियो।
स्थापना कालदेखि नै जापानमा रहेर पनि नेपाली खेलमा उल्लेख्य योगदान दिएका ब्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको क्लवले टोकियोमा रहेका युवाहरुमा खेलका माध्यमबाट एक अर्कामा परिचित हुने र आपसी सम्बन्ध प्रगाढ गराउने कार्यमा सहयोग गर्दै आएको छ भने।प्रतियोगिताबाट भएको आम्दानीबाट नेपालमा खेलकुदसंग सम्बन्धित क्षेत्रका लागि सहयोग गर्दै आएको छ।

विशेष त बागलु जिल्लाको गल्कोट क्षेत्रबाट जापानको टोकियोमा बिभिन्न पेशा ब्यबसायमा संलग्न युवाहरुको साझा संस्थाका रुपमा रहेको यस क्लव छोटो समयमा नै जापानवासी नेपाली बीच लोकप्रिय हुदै गएको छ।
गल्कोट स्पोर्ट्स क्लव टोकियोका सम्पूर्ण सल्लाहकार, पदाधिकारी एवं शुभचिन्तक लगायत सम्पूर्ण साधारण सदस्यहरुमा गल्कोट स्पोर्ट्स क्लव टोकियोको दोश्रो अधिबेशनमा उपस्थित भईदिनु हुन आयोजकले सादर अनुरोध गरेको छ।
अधिवेशन जुलाई १६ तारिख मंगलबारका दिन शिन-ओकोवुमा अवस्थित सोलमारी नेपाली रेष्टुरेण्टको मुरा हलमा दिनको २ बजेबाट शुरु हुने बताईएको छ। ***

तपाईको प्रतिक्रिया