Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – रुपन्देहीको गैडहवामा अज्ञात समूहले गोली हानेर ४ लाख ६३ हजार लुटेको हो । गैडहवा गाउँपालिका ४ कि रेशमकुमारी मल्लको रकम लुटिएको हो ।

गैडहवा ताल सरसफाइ समितिको रकम लिएर आउँदै गर्दा मल्लमाथि सु १ ह ३३७ नम्बरको टेम्पो चढेर गैडहवा गाउँपालिका वडा नं ४ अहिरण्डी चोकमा आइपुग्दा २ जनाको समूहमा मोटरसाइकलमा आएकाहरूले गोली प्रहार गरि रकम लुटेको जनाएको छ । लुटेराहरूको गोली टेप्पुको टायरमा मात्रै लागेको छ । मानवीय क्षति भने भएको छैन ।

लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेको सो रकम मोटरसाइकलमा आएका व्यक्तिले गोली चलाएर लुटेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मल्लले आफ्नो २ लाख र बाँकी ताल सरसफाइ समितिको रकम गरी ४ लाख ६३ हजार बोकेकी थिइन् ।

तपाईको प्रतिक्रिया