Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – तपाईले भोजनमा जे लिनुहुन्छ त्यो जहिले पनि स्वास्थ्यबद्र्धक हुन्छ भन्न सकिँदैन । भोजनका गडबढीका कारण तौल घटबढ मात्र नभई धेरैप्रकारका गम्भीर समस्याहरू पनि देखा पर्न सक्दछन् । भोजनका कारण केही रोगहरू जस्तै मोटोपन, क्यान्सर तथा यहाँसम्म कि नपुंसकता पनि । केही भोजनहरू जसलाई भुलेर पनि सेवन गर्नु हुँदैन । यसले नपुंसकता ल्याउन सक्दछ ।

माइक्रोवेभ पपर्कन – माइक्रोवेभमा तयार गरिएको मकैको पपर्कन मीठो त हुन्छ तर यसमा हुने प्रजिर्वे्टिव्स, सोडियम र सोया प्रोटिन स्वास्थ्यका लागि एकदमै हानीकारक हुन्छ । ह्यूमन रिप्रोडक्सन तीन जर्नलमा प्रकाशित शोधका अनुसार माइक्रोवेभ पपकर्नको अधिक सेवन नपुंसकताको जोखिमलाई ६० प्रतिशतले बढाउँदछ । यसले थाइराईडलाई समेत समस्या पार्दछ र प्रतिरक्षा क्षमता घटाउँदछ ।

वनस्पति घ्यू – वनस्पति घ्यूको प्रयोगले मोटोपनको खतरा अधिक हुन जान्छ । यसमा ट्रान्स चिल्लोपदार्थ र असंतृप्त चिल्लो पदार्थ अधिक मात्रामा हुन्छ जसले शरीरमा एकदमै गर्मी समेत बनाउँदछ । यसले खराब कोलेस्ट्रोलको मात्रा वृद्धि गरी हृदय रोग नपुंसकताको खतरा बढाउँदछ ।

तयारी मासु – पकाएर खानका लागि डब्बामा बन्द अवस्थामा पाइने मासु शरीरका लागि एकदमै फाइदाजनक छ किनकि यसले स्तन क्यान्सर बनाउने समस्या अधिक हुन्छ । यसमा हेटोसाइक्लिक एमाइन्ज, पोलिसाइक्लिक अरोमेटिक हाइड्रोकार्बन तथा एडभान्स ग्लाइसेन्स इन्ड प्रोडक्ट्स जस्ता तत्वहरू हुन्छ । यसले कोलोन क्यान्सर, स्तन क्यान्सर, हृदय रोग, किड्नीको रोग एवं मधुमेह जस्ता खतरालाई पनि निम्त्याँउछ ।

 प्याक फलफूल तथा तरकारी – डब्बामा बन्द अवस्थामा रहेका फलफूल तथा तरकारीलाई बन्देज गर्नुपर्दछ किनभने यसमा बीपीए नामक तत्व राखिएको हुन्छ जसले शरीरमा एसिडिटीको समस्यालाई भित्र्याउँदछ । यसले शरीरलाई अस्वस्थ बनाउँदछ र प्रतिरक्षा घटाउँदछ ।

             

तपाईको प्रतिक्रिया