Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – हामीले अलिकति मात्रै ध्यान दिने हो भने हाम्रो स्वास्थ्यलाई राम्रो बनाउन धेरै दुखै गर्न पर्दैन । विहान उठ्नासाथ शारीरिक अभ्यास जति महत्वपुर्ण मानिन्छ त्यति नै महत्वपुर्ण हुन्छ विहानको भोजन पनि । स्वास्थ्यका दृष्टिकोणले महत्वपुर्ण र आवश्यक मानिने कतिपय खाद्यान्न हामीले तालिका नमिलाएर खाएको खण्डमा त्यसले शरिरलाई फाइदा होइन उल्टै हानी पुर्याउँछ पनि सक्छ ।

गोलभेँडा – गोलभेँडामा एसिडको मात्रा हुन्छ । खाली पेटमा अघुलनशील पदार्थ पैदा गर्छ । खाली पेटमा गोलभेँडा खानु पेटमा पत्थर बन्ने कारणा बन्न सक्छ ।

दही – दही स्वास्थ्यवद्धक चिज हो, तर खाली पेटमा खानु निकै घातक हुन्छ । खाली पेटमा खाएको दहीले शरीरमा घातक केमिकललाई निम्त्याउँछ ।

केरा -खाली पेटमा केरा खानाले शरीरमा म्याग्नेसियमको मात्रा अत्याधिक बढन जान्छ । जसकारण शरीरमा क्याल्सियम र म्याग्नेसियमको मात्रामा असन्तुलन पैद हुन्छ । त्यसैले खाली पेटमा केरा नखानु नै बेस हुन्छ ।

सोडा – सोडामा कार्बोनेट एसिडको मात्रा धेरै हुन्छ । यदि खाली पेटमा सोडा खाने हो भने तमतम लाग्ने तथा असहज महसुस हुन सक्छ ।

औषधि – औषधि दिदा नै चिकित्सकले भनेको हुन्छन खाली पेटमा सेवन नगनुहोला । हो खाली पेटमा जुनसुकै एलोपेथिक औषधि पनि सेवन गर्दा पेटमा एसिड निस्किएर शरीरमा असन्तुलन पैद हुन्छ ।

रक्सी – खाली पेटमा मदिराजन्य पदार्थ भुलेर पनि सेवन नगर्नुहोस । यसले पेटमा जलन पैदा गर्नुका साथै सही तरिकाले खाना नपच्ने समस्या निम्त्याउँछ ।

चटपटे भोजन – कहिलेकाहि खाली पेटमै चटपटे भोजन खाने गरिन्छ । तर सो स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

चिया–कफी -खाली पेटमा चिया-कफी पिउनु सबैभन्दा घातक हुन्छ । कफीमा पाइने, कैफिनले स्वास्थ्य बेहाल पारिदिन सक्छ । चियामा हुने अधिक एसिडले पनि खालि पेटमा समस्या पैदा गरिदिन्छ । (एजेन्सी)

तपाईको प्रतिक्रिया