Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

टोकियो – खाद्य विशेषज्ञहरुले मासुका पारखीलाई सचेत गराउँदै रातो मासु नियमित खानाले उमेर अर्थात् जिउने आयु घट्ने चेतावनी दिएका छन् । मानिसहरु विभिन्न अवसरमा मासुको प्रयोग धेरै नै गर्छन् । चाहे विवाह भोज होस् या ब्रतबन्ध ।

त्यसैगरी वर्ष दिनभरी परम्पराका रुपमा मनाईने चार्डपर्व नै किन नहोस्, मानिसहरु मासुको प्रयोग गर्छन् । मासुबिना भोज वा पर्व नै आएजस्तो नलाग्ने बानी परिसकेको छ हाम्रो समाजमा । तर कस्तो मासु स्वास्थ्यका लागि उपयोगी छ र कस्तो चैं हानिकारक छ भन्ने बारेमा ज्यादै कम मानिसमात्र जानकार रहेको पाईन्छ ।

यसबारेमा अमेरिकी मेडिकल जर्नल बिएमजेले अध्ययन गरेर केही जीवन उपयोगी जानकारी सार्वजनिक गरेको छ । उसले सुँगुरको मासुको परिकार र हट डग जस्ता रातो मासु प्रयोग भएका परिकारले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने जनाएको छ । रातो मासु खाने प्रचलनले मानिसको औषत आयु घटाउने पनि अध्ययनबाट निष्कर्ष निकालिएको छ । अध्ययनमा भनिएको छ, दैनिकी रातो मासुको आधा केजी खायो भने त्यस व्यक्तिको बाँच्ने आयुको १० प्रतिशत अवधि घटाउँछ ।

यसैगरी, हार्वर्ड स्कुल अफ पब्लिक हेल्थका पोषणविद् डा. फ्र्यान्क हु भन्छन् – ’हामीले रातो मासुको प्रयोग हटाई माछा, अन्न, दाल, कुखुराको मासु, र अरु तरकारीको प्रयोग गर्नुपर्छ । रातो मासुको खानकीले मृत्यु दर बढाउँछ र त्यसमा पनि प्रशोधित रातो मासु त झन् हानिकारक हुन्छ ।’ ***

तपाईको प्रतिक्रिया