Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – सरकारले अनुमति दिए ६ सय मेगावाट बिजुली भारतलाई बेच्ने स्वतन्त्र उर्जा उत्पादकले दाबी गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले राजधानीमा पत्रकार सम्मेलन गर्दै सरकारले अनुमति दिएमा निजी क्षेत्रले ६ सय मेगावाट विद्युत भारतलाई बेच्न सक्ने दाबी गरेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अहिले नै भारतका उर्जा बेच्न सक्ने अवस्था रहेको भन्दै इप्पानले त्यसका लागि सरकारी अनुमति चाहिने उल्लेख गरे । इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाइको नेतृत्वमा १० सदस्यीय प्रतिनिधि मण्डलले क्षेत्रीय ऊर्जा व्यापारको सम्भाव्यता तथा कार्यन्वयनबारे छलफल गर्न ३ दिनसम्म भारतको भ्रमण गरेका छन् । छलफलमा इप्पानले नेपालको ऊर्जा क्षेत्रमा नीजि क्षेत्रको हालको अवस्था र भविष्यमा यसको भूमिकाबारे जानकारी गराएको थियो ।

नेपालमा अहिले नीजि क्षेत्रको सक्रिय रहेको र यसले आगामी केही वर्षमा ग्रीड प्रणालीको दुई तिहाइ भन्दा बढि क्षमता ओगट्ने र जसकारण नेपाल विद्युत निर्यात गर्ने मुलुक हुने इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईले बताए । ‘विद्युतीय क्षेत्रीय बजार स्थापनाका लागि र त्यसमा निजी क्षेत्र सहभागि हुनका लागि ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले आवश्यक स्वीकृति दिनपर्छ’ उनले भने ‘गुणस्तरीय जलविद्युतलाइ प्रतिस्पर्धा लागतमा उत्पादन गर्न, निजी क्षेत्र मैत्री, उपयुक्त नीति अवलम्बन गरियोस्’ ।

तपाईको प्रतिक्रिया