Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले विदेशमा उपचार गर्न जाने जोकसैलाई पनि सरकारले एक पैसो नदिने बताएका छन् ।  प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले यस्तो भनेका हुन् ।

स्वास्थ्यमन्त्री यादवले नेपालमा उपचार नभएर मात्रै विदेश जाने नगरेको बताउँदै पैसा भएर विदेश जानेलाई रोक्न नसकिने उल्लेख गरे । ‘नेपालमा उपचार नभएर मत्रै विदेश जाँदैनन् । नेपालमा सम्भव हुने उपचारका लागि पनि विदेश जाने क्रम बढेको छ’, मन्त्री यादवले भने, ‘पैसा भएर विदेश उपचारमा जानेलाई रोक्न सकिँदैन । तर विदेशमा उपचार गराउनेलाई जोकसैलाई सरकारले खर्च नदिने कानुनी व्यवस्था लागू भइसकेको छ ।’

मन्त्री यादवले देशका ठुलै मान्छेदेखि सर्वसाधरणको हकमा पनि यो कुरा लागू हुने बताएका छन् । ‘अब शक्तिशालीले पनि विदेशमा उपचार गर्न सरकारी कोषबाट पैसा पाउँदैनन्, त्यसबारे कानुन नै बनिसकेको छ’, उनले भने, ‘सरकार यो व्यवस्था लागू गराउन कटिवद्ध छ, तपाईंहरु ढुक्क हुनुस् ।’

तपाईको प्रतिक्रिया