Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – नसर्ने रोग रोकथाममा योगको प्रभावकारिता बढेसँगै मानिसहरू योगप्रति आकर्षित हुन थालेका छन् । योगको व्यापकतासँगै सरकारले पाठ्क्रममा पनि योग विषय राख्ने तयारी गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नसर्ने रोगको जोखिम घटाउन योग अनिवार्य भएको बताउनुभयो । उहाँले सरकारले योग प्राकृतिक चिकित्सा, आयुर्वेदलाई विशेष महत्व दिएर विद्यालय तहको पाठ्यक्रममा नै योगसम्बन्धी विषय समावेश गर्न लागिएको जानकारी दिनुभयो ।

योगसम्बन्धी पाठ्यक्रम साउनसम्म पूरा भइसक्ने जानकारी दिँदै उहाँले आउँदो शैक्षिक सत्रदेखि योग, आयुर्वेद र प्राकृतिक चिकित्सासम्बन्धी अध्ययन हुने बताउनुभएको छ । उहाँले विद्यालय पाठ्यक्रम मानिसको जीवनशैली परिवर्तन गर्ने खालको आउने भन्दै विद्यालयस्तरदेखि नै जीवनशैलीबारे ख्याल राख्ने हो भने नसर्ने रोगको जोखिम घटाउन सकिने बताउनुभयो । पछिल्लो समय मानिसको जीवनशैली परिवर्तन हुँदा मधुमेह, मुटुरोग, क्यान्सर, मिर्गौला रोगजस्ता जटिल रोगले सताउन थालेको छ । पाठ्यक्रम विकास केन्द्रलाई पाठ्यक्रम तयार पार्न निर्देशन दिइसकेको जानकारी दिँदै उहाँले योग, आयुर्वेद, प्राकृतिक चिकित्सासम्बन्धी पाठ्यक्रम निर्माणका लागि कार्यदल गठन गरी काम भइरहेको बताउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राकृतिक चिकित्सक हरिप्रसाद पोखरेलको संयोजकत्वमा योग, आयुर्र्वेद र प्राकृतिक चिकित्सा विषय पाठ्यक्रममा समावेश गर्नलाई कार्यदलसमेत गठन गरेको छ ।

मन्त्री पोखरेलले उक्त पाठ्यक्रम नौ देखि १२ कक्षासम्मका विद्यार्थीलाई केन्द्रित गरेर ल्याउन लागिएको जानकारी पनि दिनुभयो । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले दैनिक १५ मिनेट मात्र योग गर्न सके स्वस्थ जीवनयापन गर्न सकिने बताउनुभयो ।

उहाँले पछिल्लो समय नेपालीहरू योग गर्नप्रति इच्छुक रहेको जानकारी दिँदै योगप्रति बालबालिकादेखि वृद्धसम्म आकर्षित हुन थालेको बताउनुभयो । योगले सम्पूर्ण अंग तथा कोषलाई समेत स्वस्थ बनाउने उहाँको भनाइ छ ।

शारीरिक अभ्यासका अन्य विधि खर्चिला हुने भएकाले बिनाखर्च शरीरलाई स्वस्थ राख्न योग आवश्यक भएको उहाँको धारणा थियो । नेपालमा बढ्दो सहरीकरण र खानपानले नसर्ने रोगको जोखिम बढ्दै गएका कारण त्यसलाई नियन्त्रण गर्न योगको महत्व बुझाउन विद्यालयस्तरदेखि विद्यार्थीलाई योगबारे जानकारी गराई योग सिकाउन पाठ्यक्रममा योग विषय राखिने भएको हो । हाल नेपालमा झण्डै पाँच सयभन्दा बढी योग केन्द्र रहेका छन् ।***

तपाईको प्रतिक्रिया