Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडाैं – नेपालले दीगो विकास लक्ष्य (एसडीजी) भेट्टाउन ११ वर्षमा तीनसय तीन अर्ब डलर अर्थात तीन सय खर्ब रुपैयाँ खर्चनु पर्ने भएको छ । राष्ट्रिय योजना आयोगले सन् २०३० सम्म १७ वटा सूचकमा लक्ष्य भेट्टाउन उक्त रकम खर्चनु पर्ने प्रक्षेपण गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

राष्टिय योजना आयोगले सार्वजनिक गरेको मार्गचित्रअनुसार दिगो विकासको लक्ष्यमा पुग्न सरकारले वार्षिक आर्थिक  वृद्धिदर ७.६७ प्रतिशत हुनुपर्ने र कूल गार्हस्थ उत्पादनमा राजश्व संकलन २७ प्रतिशत पुर्‍याउनुपर्ने छ । सरकारले सन् २०३० सम्ममा दिगो विकासका लागि सरकारी, गैरसरकारी र नीजि क्षेत्रसँग साझेदारी गरी स्रोत साधन परिचालनमा विषेश योगदान गर्नुपर्ने मागचित्रले सुझाव दिएको छ ।

सरकारले दिगो विकासको लक्ष्यमा पुग्न कृषि, पर्यटन, रोजगार, श्रम, उद्योग, बन, स्वास्थ्य, गरिबी न्यूनीकरण र भोकमारी अन्त्य गर्ने प्रदेश र स्थानिय सरकारसँग साझेदारी गरेर कार्यक्रम निर्माण गर्नुपर्ने आयोगको मागचित्रमा उल्लेख गरिएको छ । जसका लागि ११ वर्षमा करिब २० खर्ब २५ अर्ब बजेट आवश्यक पर्ने आयोगको मागचित्रले जनाएको छ ।

सरकारले विकासका काम जोड दिए दिगो विकासको लक्ष्यमा पुग्न समस्या नहुने आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले बताए । दिगो विकासको लक्ष्यमा सरकारले आफ्ना देशभित्र भएका स्रोत साधनको पहिचान गरेर उत्पादन र बजार प्रवर्द्धनमा जोड दिनुपर्ने उपाध्यक्ष कँडेलको भनाइ छ ‘दिगो विकासलाई सरकारले धेरै ठूलो चुनौतीका रुपमा लिनुपर्दैन । सरकारले स्रोत, साधन, राष्ट्रिय गौरवका आयोजना र स्थानीय तहमा उत्पादन, रोजगारी, वन, कृषिमा विकास गरे पुग्छ,’ कँडेलले भने, ‘पानीलगायत अन्य प्रकृतिको साधनको प्रवर्द्धनमा जोड दिनुपर्छ ।’

यस्तै, आयोगका सचिव लक्ष्मण आर्याल दिगो विकासका लागि आश्वयक पर्ने योजना र स्रोत साधनको अध्ययन गरेर काम गरिरहेको जानकारी दिएका थिए । दिगो विकासको लक्ष्यमा पुग्न आयोगले उद्देश्य सहितको मागचित्र, योजना, स्रोत, सहजीकरण र छरितो उपायका विषयमा छलफल गरिरहेको सचिव आर्यालले बताए ।

नेपालले दिगो विकासका लागि सरकारले ७० प्रतिशत लगानी गर्नुपर्ने आयोगको मार्गचित्रमा भनिएको छ । जसका लागि आवश्यकता, पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति जस्ता विषयमा विषेश ध्यान दिनुपर्ने आयोगले सार्वजनिक गरेको मार्गचित्रमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया