Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सन् २०१९ को ६ महिनाको आर्थिक अवस्थाको बारेमा तथ्यांक सार्वजनिक गर्दै नेपालको अर्थतन्त्र ७.१ प्रतिशत विस्तार हुने प्रक्षेपण गरेको हो ।

पछिल्ला दुई वर्षयताकै उच्च आर्थिक बृद्धि हुने प्रक्षेपणसमेत विश्व बैंकले गरेको छ । सन् २०१७ मा नेपालको आर्थिक वृद्धिदर ८.२ प्रतिशत रहेको थियो भने सन् २०१८ मा घटेर ६.७ प्रतिशत रहेको थियो । नेपालले पञ्चवर्षीय योजनामार्फत पाँच वर्षभित्र नेपालको आर्थिक वृद्धिदर दोहोरो अंकमा पु¥याउने घोषणा गरिरहेका बेला चालु वर्ष ७.१ प्रतिशतको आर्थिक वृद्धिदर हुने विश्व बैंकले प्रक्षेपण गरेको हो ।

विश्व बैंकले सन् २०२० मा भने ६.४ प्रतिशत मात्रै आर्थिक बृद्धिदर हुने प्रक्षेपण समेत गरेको छ । सन् २०२२ मा ६.५ प्रतिशत आर्थिक बृद्धिदर नेपालले हासिल गर्ने प्रक्षेपण गरेको हो । आज सार्वजनिक गरिएको तथ्यांकमा नेपालको आर्थिक वृद्धिदर द्रूत गतिमा अगाडि बढेको समेत जनाएको छ । व्यापार घाटा बढ्दो भएपनि आर्थिक गतिविधिले भने देशभर विस्तार भएकाले अर्थतन्त्र बलियो बन्दै गएको समेत जनाएको छ ।

आयातमा उपभोग्य वस्तुको तुलनामा औद्योगिक वस्तुको आयात बढ्दा यसको लाभ अर्थतन्त्रलाई पुगेको विश्व बैंकले ठहर गरेको छ । विश्व बैंकले पर्यटक आगमनमा भएको व्यापक वृद्धि र निजी लगानीमा भएको विस्तारले समेत अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको जनाएको छ । विश्व बैंकले प्रतिवेदनमा भनेको छ- बिजुली आपूर्ति सहज जस्ता कारणले अर्थतन्त्रले लय समातेको छ ।

तपाईको प्रतिक्रिया