Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – एक हजार दरका नक्कली नेपाली नोट २ लाख सहित २ जनालाई कटहरिया नगरपालिका–५ कटहरिया बजारबाट प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका–७ बस्ने ६१ वर्षीय जियालाल महतो र मौलापुर नगरपालिका–७ बस्ने ४० वर्षीय विहारी साह रहेका छन्।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय कटहरिया रौतहटबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा शंकास्पद तवरले हिँडिरहेका उनीहरुलाई जाँच गर्दा जियालाल र विहारीको साथमा उक्त नक्कली नोट एक हजार दरका १/१ लाख फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया