Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – विश्वका हिन्दुहरुका आराध्यदेव पशुपतिनाथ मन्दिरमा अहिलेसम्म नौ किलो २ सय ७६ दशमलव ६४ ग्राम सुन जम्मा भएको छ ।

पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवम् छानबिन समितिले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा पशुपतिनाथ मन्दिरमा २०७५ सालसम्ममा यो परिमाणको सुन जम्मा भएको उल्लेख गरिएको हो ।

त्यसैगरी तीन सय १६ किलो ५ सय ८६ ग्राम चाँदी पनि पशुपतिनाथ मन्दिरमा रहेको पाइएको छानबिन समितिका संयोजक डा. मिलनकुमार थापाले जानकारी दिए । समितिका अनुसार सो विवरण विक्रम संवत २०१९ सालदेखि २०७५ सालसम्मको हो । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष समेत रहेका थापाले विक्रम सम्वत २०१९ सालभन्दा अघिको विवरण भने प्राप्त हुन नसकेको पनि स्पष्ट पारे ।

पशुपतिनाथ मन्दिरमा हालसम्म एक अर्ब २९ करोड ३८ लाख ३१ हजार नगद जम्मा गरिएको छ । छानविन समितिका अनुसार त्यसमध्ये एक अरवको अक्षय कोष स्थापना गरी सामाजिक सेवाको क्षेत्र तथा विपद् व्यवस्थापनमा खर्च गर्ने गरिएको छ । समितिका संयोजक थापाले हाल मन्दिरको दर्ता प्रमाणित भएका जग्गा ३ हजार ६ सय ६७ रोपनी ४ आना ३ पैसा रहेको पनि जानकारी दिए ।

प्रतिवेदनमा पशुपतिनाथ मन्दिरको दर्ता प्रमाणित हुन बाँकी रहेका जग्गा २ सय ३१ रोपनी १० आना १ दाम रहेको पनि छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया