Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

नवलपुर – अख्तियार दुरुपयोग अनुसन्सन्धान आयोगको टोलीले इलाका प्रहरी कार्यालय नवलपुर, गैंडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसीलाई १० लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ ।

गएको वैशाख ११ गते गैंडाकोटमा भएको सवारी दुर्घटनामा नक्कली चालक खडा गरी घुस लिएको अभियोगमा उनलाई अख्तियारको टोलीले मंगलबार पक्राउ गरेको हो ।

नवलपुरका व्यवसायी बोदराज पाण्डेले चलाएको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएपछि किसनु महतोलाई चालककारुपमा खडा गरिएको बताइएको छ ।

नक्कली चालक खडा गरेवापत जिसीले १० लाख रुपैयाँ लिएको आरोप लागेको छ । यससम्बन्धी उजुरी परेपछि आयोगले छानबिन गर्दा नक्कली चालक खडा गरेको पुष्टि भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया