Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पहिलो पटक कलेजो प्रत्यारोपण सफल भएको छ । डा. रमेशसिंह भण्डारी नेतृत्वको चिकित्सकको टोलीले १६ घण्टा लगाएर कलोजोको प्रत्यारोपण गरेको हो ।

शुक्रबार बिहान ८ बजे सुरू भएको कलोजो प्रत्यारोपण झण्डै १६ घण्टापछि शनिबार बिहान १२ बजे सफलतापूर्वक सकिएको हो । प्रत्यारोपणका लागि ३३ वर्षीया छोरीले आफ्ना ५८ वर्षीय बुवालाई कलेजो दिएको अस्पताल प्रशासनले जनाएको छ । झण्डै दुई वर्षअघि मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण गरिएको थियो ।

तर, त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक कलेजोको प्रत्यारोपण गरिएको हो । कलेजो प्रत्यारोपनका लागि भारतमा ५० देखि ७० लाख खर्च हुन्छ । तर, नेपालमै कलेजो प्रत्यारोपण गर्दा २५ लाख रुपैयाँमै हुनेछ ।

तपाईको प्रतिक्रिया