Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – सास गन्हाउनु अस्वस्थताको संकेत हो। आफ्नो सास गन्हाएको थाहा नपाउनेहरू पनि छन्। त्यस्तै कतिपय आफ्नो सास गन्हाएको थाहा पाएर पनि चिन्ता नगर्नेहरू हुन्छन्। अहिले गिजासम्बन्धी रोग, दाँतमा कीरा लाग्ने र पछि सास गन्हाउने समस्या लिएर आउने बिरामी बढ्दै गएका छन्।

सास गन्हाउने अवस्था आफैंमा रोग होइन। शरीर तथा मुखमा भएका रोगहरूको लक्षण वा औषधिको असरले पनि सास गन्हाउन सक्छ। सास गन्हाउने अवस्थाले अन्य रोगहरूको जानकारी दिन्छ। ‘मुख शरीरको ऐना हो’ भन्ने भनाइलाई चरितार्थ पनि गर्छ।

स्तवमा हामीले खाने खानाको रस हाम्रो पेटभित्र कुहिन थालेपछि मुखबाट दुर्गन्ध आउन थाल्छ । यसका साथै कब्जियत, पेटमा घाउ, रक्सी सेवन, दाँत तथा गिजाको समस्या भएकाहरुमा मुख गन्हाउने समस्या हुन्छ । मुखको दुर्गन्धको समस्याबाट बच्न दैनिक कम्तीमा पनि दुईपटक ब्रस गर्नुपर्छ र जिब्रो सफा राख्नुपर्छ । दाँतको समस्याका कारण मुख गन्हाउने भएकाले नियमित परीक्षण गराउनुपर्छ । एन्टीब्याक्टेरियल तत्व हुने भएकाले ग्रीन टीले पनि मुख गन्हाउने समस्या कम गर्छ ।

यस्तै, चुरोट सेवन गर्ने मानिसमा पनि मुख गन्हाउने समस्या हुन्छ । यस्तो मानिसले बढी पानी पिउनुपर्छ । मिन्टवाला चुइङगम चपाउन पनि सकिन्छ । तर, चुईङगम सुगरफ्री भए राम्रो हुन्छ । केही घरेलु उपाय अनारको बोक्रा पानीमा उमालेर कुल्ला गर्नाले, सुख्खा धनिया चपाउनाले, तोरीको तेलमा अलिकता नुन मिसार दैनिक एकपटक दाँत तथा गिजाको मालिस गर्नाले पनि दुर्गन्ध कम हुन्छ । यस्तै, तुलसीको चार–पाँच वटा पात दिनहु खाएर पानी पिउनाले, एउटा ल्वाङ मुखमा राखेर चुस्नाले र खाना खाएपछि आधा चम्चा सौंफ चपाउनालेपनि खाना पच्ने र मुख गन्हाउने समस्याबाट छुटकारा मिल्छ । यति गर्दा पनि दुर्गन्ध हट्दैन भने एकपटक चिकित्सकको सल्लाह लिनुपर्छ ।

तपाईको प्रतिक्रिया