Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – आगामी आर्थिक वर्ष २०७६।७७ को बजेटलाई अर्थ मन्त्रालयले अन्तिम रुप दिएको छ। आज बुधबार दिउँसो ४ बजे सार्वजनिक हुने बजेट १५ खर्बको हाराहारीमा आउने देखिएको छ।

अधिकारीका अनुसार चालु आर्थिक वर्षको बजेटमा अन्य वर्षको जस्तै भौतिक पूर्वाधार क्षेत्रमा नै बढी रकम परेको छ। तर चालू आर्थिक वर्षको बजेटमा फोकस भने क्रमागत आयोजनाहरुमा रहेको छ।

भौतिक विकासका नयाँ आयोजनाहरुलाई करिब डेढ खर्ब रुपैयाँ छुट्याइएकाे छ। आगामी आर्थिक वर्षको बजेटमा नयाँ आयोजनाहरुको अनुसन्धान तथा डीपीआर तयार गर्नको लागि बढी बजेट खर्च गरिने उल्लेख गरिएको छ।

आगामी आर्थिक वर्षको बजेटको दोस्रो प्राथमिकता उद्योग र हाइड्रोमा छ। नेपालमा नै कच्चा पदार्थ रहेर उत्पादन गर्न सकिने उद्योगलाई सरकारले आगामी आर्थिक वर्षदेखि नै सहुलियत प्रदान गर्ने उल्लेख छ। त्यस्तै उत्पादनमुलक उद्योगलाई पनि सरकारले कर छुटदेखि भन्सार छुटको वयवस्था गर्ने भएको छ।

हाइड्रो क्षेत्रमा विभिन्न कार्यक्रम मार्फत यसको निर्माण गरिने उल्लेख छ। बैदेशिक रोजगारीमा गएकाहरुलाई डेडिकेट गरेर केही आयोजनाहरु समाबेस गरिएकाे छ।

आगामी आर्थिक वर्षको लागि सरकारले करिब २ महिनादेखि बजेट तर्जुमा गर्न थालेको हो। अर्थमन्त्री युवराज खतिवडाले बजेटकाे हरेक बाक्यमा प्रत्यक्ष निगरानी राखेका थिए।

आगामी वर्षको बजेट निर्माणका लागि नेपाल राष्ट्र बैंकका निर्देशक तथा अर्थमन्त्रीका प्रमुख सल्लाहकार डा. रामशरण खरेल, अर्थसचिव राजन खनाल, राजस्व सचिव लालशंकर घिमिरे अर्थमन्त्रलयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख हरिशरण पुडासैनी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख निर्मलहरि अधिकारी, आर्थिक नीति विश्लेषण महाशाखाका श्रीकृष्ण नेपाल, ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक धनिराम शर्माको टिम रहेको थियो।

उक्त टिमले बजेटको अन्तिम रुप समेत दिइसकेको छ।

चालू आर्थिक वर्षको बजेटको आकार १३ खर्ब १५ अर्ब रुपैयाँकाे रहेको थियो। ***

तपाईको प्रतिक्रिया