Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार संसारमा चार मान्छेमध्ये एक जना मानसिक समस्याले ग्रसित छन् । मानसिक रोगबाट ग्रस्त हुँदाहुँदै पनि उनीहरू यसबारे खुलेर बोल्न सक्दैनन् ।

पाटनढोकास्थित यलमाया केन्द्रमा ‘मानसिक स्वास्थ्य र त्यसको महत्व’ विषय केन्द्रित अभियानमूखी कार्यक्रम आयोजना गरियो । ‘मेन्टल वेलबिइङ फर अल’ र ‘जगरनट माइन्डसेट’ द्वारा व्यवस्थित कार्यक्रममा मानसिक स्वास्थ्य विशेषज्ञ र मनोचिकित्सकहरूले देशको मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरू चित्रण गरे ।

मानसिक स्वास्थ्य अधिकार कार्यकर्ता जगन्नाथ लामिछानेले मानसिक र शारीरिक स्वास्थ्य वृद्धि गर्न शारीरिक ज्ञान, व्यायाम र आहारमा ध्यान दिनुपर्ने बताए । त्यसका लागि सामाजिक, भावनात्मक र मनोवैज्ञानिक प्रयास गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी, प्रजनन् स्वास्थ्य विशेषज्ञ कोकिला वैद्यले मानसिक स्वास्थ्य समस्याका प्रारम्भिक लक्ष्ण पहिचान गरी त्यसलाई सुधार गर्नुपर्ने बताइन् । नेपाली टाइम्स अखबार सम्पादक कुन्द दिक्षितले मानसिक स्वास्थ्य अवस्था बिग्रँदै जानुको मुख्य कारणमध्ये बढ्दै गएको वैदेशिक रोजगारी पनि रहेको बताए ।

‘वैदेशिक रोजगारबाट फर्केर आएकाहरूले यहाँ रोजगार अवसर नपाएर मानिसक रोगको शिकार भएका छन्,’ उनले भने, ‘मानसिक समस्याहरूको सामना गर्न राम्रो नीति र पहल आवश्यक छ ।’ मानसिक स्वास्थ्य सुधारका लागि सीमित बजेट मात्र छुट्ट्याइनु दुर्भाग्यपूर्ण भएको उनीहरूको भनाइ थियो ।

विश्वव्यापी स्वास्थ्य बजेटको केवल चार प्रतिशत हिस्सा युवा तथा बालबालिकामा हुने मानसिक रोगका लागि राखिएको छ भने नेपालमा एक प्रतिशतभन्दा कम बजेट छ ।

तपाईको प्रतिक्रिया