Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

यूएई – नेपाली चलचित्र ‘प्रसाद’ बिहीबारबाट यूएईका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ ।  यूएईका ११ वटा सिनेमा हलमा ‘प्रसाद’ प्रदर्शन हुँदै छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रेम दिवसको अवसर पारेर यूएईमा प्रदर्शन हुन लागेको ‘प्रसाद’को पहिलो दिनका टिकट सबै बिक्री भइसकेको संयोजक आशिष पुरुषले जानकारी दिनुभयो ।

नेपालमा विकास नेटवर्कमार्फत विकास सुवेदी र आशिष पुरुषले मध्यपूर्वमा ‘प्रसाद’ भित्राउनु भएको हो । चलचित्र ‘प्रसाद’ बाँझोपनका कारण दाम्पत्य जीवनमा पारेको समस्या र त्यसले नेपाली समाजमा पारेको सामाजिक असरका विषयमा केन्द्रित भएर आमनेपाली भोगाइको व्यथा बोकेको चलचित्र भएकाले यूएईमा धेरैले ‘प्रसाद’को प्रतिक्षा गरेका छन ।

नेपालमा १ सय १ दिन मनाउने क्रममा रहेको प्रसादले विदेशमा पनि आशलाग्दो व्यापार गरिरहेको छ । चलचित्रले अष्ट्रेलियामा नियमित ३५ शो गरिसकेको छ ।

लामो समय चलचित्र पत्रकारिता गरेका पत्रकार सुशील पौडेलले लेखेको कथा तथा सुवास थापा निर्मित चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत मूख्य भूमिकामा हुनुहुन्छ । त्यस्तै प्रसादमा बसुन्धारा भुसाल, विनोद भट्टराई, प्रकाश गन्धर्वलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रमा लोकेश बज्राचार्यको सम्पादन रहेको एसोसियट निर्देशक विकास सुवेदीले उज्यालोलाई जानकारी दिनुभयो ।

 

सन् २०१६ बाट यूएईका सिनेमा हलहरुमा नेपाली चलचित्र नियमित रुपमा प्रदर्शन हुँदै आएका छन् । ‘प्रसाद’ चलचित्र यूएईमा बलिउड सिनेमा हलमा समेत प्रदर्शन हुँदै छ ।

तपाईको प्रतिक्रिया