Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

काठमाडौं – रत्न पुस्तक भण्डारले तीनवटा साहित्यिक कृति बजारमा ल्याएको छ । दुई उपन्यास सुनपानी र गन्थेउलो तथा कथासंग्रह भोज बजारमा ल्याएको हो ।

सुनपानीका लेखक लक्ष्मण पौडेल हुन् । उनले सामाजिक मुद्दालाई उपन्यासको विषय बनाएका छन् । जातीय छुवाछुतविरुद्ध उनले उपन्यासमार्फत आवाज उठाएका छन् । ३३२ पृष्ठको पुस्तकको मूल्य ४९५ रुपैयाँ छ ।

गन्थेउलोका लेखक हरि ओझा हुन् । उनले पारिवारिक समस्या र विकृतिलाई उपन्यासको विषय बनाएका छन् । उनका पात्रका नाम चलनचल्तीका भन्दा फरक छन् । पात्रका नाम र तिनले बोल्ने भाषाले पाठकलाई पढुन्जेल रमाइलो महसुस हुन्छ ।

दुई सय पृष्ठको पुस्तकको मूल्य ३५० रुपैयाँ छ । भोज भने प्रकाश हरिनगरेको कथासंग्रह हो । यसमा उनका २४ वटा कथा समेटिएका छन् ।

१९२ पृष्ठको पुस्तकको मूल्य ३५० रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया