चन्द्रमामा बिउ टुसाउन थालेजस्तो छ
निशाष्सिएका खऱ्यासानहरु पनि जुर्मुराउन थालेजस्तो छ
दिनरात आगोमा पिरोलीनेहरु
एकगास रोटीकोलागि प्रदेसीनेहरु
अब चुपलागेर नवस
अत्याचारको विरुद्ध उठ कम्वर कस
चन्द्रमामा बिउ टुसाउन थालेजस्तो छ
निशाष्सिएका खऱ्यासानहरु पनि जुर्मुराउन थालेजस्तो छ
कति सहन्छौ छिः छिः र दुर दुर
कति बस्छौ संधैं भनेर हस हजुर
अब चुलो र तन्दुरलाई बोल्नु सिकाउनुपर्छ
अन्यायको बिरुद्ध आगो जलाउनु पर्छ
चन्द्रमामा बिउ टुसाउन थालेजस्तो छ
निशाष्सिएका खऱ्यासानहरु पनि जुट्न थालेजस्तो छ
ए खऱ्यासानलाई चुसेर खानेहरु हो
शोषणको भरमा जीउनेहरु हो
अब खऱ्यासानहरु जुर्मुराउन थाले
फटाहाको विरुद्धमा जाइलाग्न थाले
चन्द्रमामा बिउ टुसाउन थालेजस्तो छ
निशाष्सिएका खऱ्यासानहरु पनि जुर्मुराउन थालेजस्तो छ