काठमाडौं – चर्चित उपन्यास ‘जंगबहादुर’ का लेखक श्रीकृष्ण श्रेष्ठको निधन भएको छ । लामो समयसम्म दमले ग्रस्त उहाँको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
शनिबार राति ठिक ठाक सुत्नुभएका उहाँ अबेरसम्म नउठेपछि उहाँकी श्रीमतीले चिसो भयो कि भनेर हिटर समेत बाल्नुभएको थियो । तर, आइतबार विहान डाक्टरले जाँचेपछि उहाँको मृत्यु भएको घोषणा गरेका थिए ।
उहाँले साहित्यीकजगतमा कलम चलाउनुका साथै विभिन्न कार्यायलयहरुमा प्रमुख भएर काम गर्नुभएको थियो । उहाँ भूमिगत जलस्रोत विकास समितिका तत्कालिन परियोजनाका प्रमुख भएर पनि काम गर्नुभएको थियो । त्यतीमात्र नभई उहाँ गुणस्तर तथा नापतौल विभागका पूर्व महानर्दिशक समेत भएर काम गर्नुभएको थियो ।
उहाँका ५ छोरी, १ छोरा र श्रीमती छन् । परिवारका सबै सदस्य जम्मा नभएकाले उहाँको शव पशुपति, आर्यघाटको आइस घरमा राखिएको र अन्त्येष्टि आज गर्ने बताइएको छ ।