चितवन – खैरहनी महोत्सवको सोमवार आकर्षणको रुपमा रहेकी चर्चित लोकदोहोरी गायिका ज्योति मगरले उपस्थित हजारौ दर्शकलाई मनोरञ्जन दिलाएकी छिन् ।
महोत्सवको नवौ दिन करिव १० हजार दर्शक उपस्थित थिए । सोमवार वजार वन्द हुने र ज्योति मगर आउने भएपछि दर्शकको उत्साहजनक सहभागीता रहेको आयोजक उद्योग वाणिज्य संघ खैहरनीका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
करिव साँढे चार वजेतिर स्टेज चढेकी ज्योतिले एक दर्जन भन्दा वढि गीत प्रस्तुत गरेकी थिईन् । उनको गीतमा सवै उमेर समुहकाले नाचेर,ताली वजार साथ दिएको देखिन्थ्यो ।
चिसो मौषम भएपनि ज्योतिको गीतले माहोल तातेको थियो ।
उनले उही मुलको सिन्की उही मुलाको चाना, तल पनि पिरलो माथि पनि पिरलो, नयनमा गाजल कालै राम्रो लगायत दर्जन गीत प्रस्तुत गरेको थिईन् । सोमवारनै चर्चित नायक सरोज खनालको प्रमुख आतिथ्यतामा महोत्सवमा आयोजित विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत तथा सास्कृतिक कार्यक्रम समापन गरिएको थियो ।
उद्योग वाणिज्य संघ र खैरहनी नगरपालिकाको सयुक्त आयोजनामा यही मंसिर १६ गतेदेखी सुरु भएको महोत्सव मंगलवार सकिदैछ । जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णकुमार डल्लाकोटीको प्रमुख आतिथ्यतामा समापन गरिने संघका निवर्तमान अध्यक्ष गुणराज श्रेष्ठले जानकारी दिनुभयो ।
कृषि,व्यापार,उद्योग,पर्यटन र संस्कृति प्रवद्र्धन गर्ने उदेश्यले पहिलो पटक आयोजित महोत्सव सफल रहेको आयोजकको दावी छ ।