काठमाडाैं – पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलको आत्मकथा ‘अच्युतकृष्ण खरेल’ विमोचन भएको छ। नेपाल पुलिस क्लब प्रदर्शनी मार्गमा अाज पूर्व राष्ट्रपति रामवरण यादव र बिन्दु अधिकारीले पुस्तक विमोचन गर्नुभयो ।
राजनीतिक विशेषज्ञ हरि शर्मासँग साक्षातकार गर्दै पूर्व आइजिपी खरेलले काम गर्दै जाँदा मनमा कति कुरा गडेर बस्दो रहेछ, त्यहि कुरालाई पोख्ने माध्यम आत्मकथा भएको खरेलले बताउनुभयाे । उहाँले यसलाई जीवनलिला भएको पनि बताउनुभयाे । यसमा उनको धेरै सुख दुःख मिसिएको बताउनुभयाे ।
झण्डै ३१ वर्ष प्रहरी सेवामा बिताएका खरेल प्रहरी संगठन र राजनीतिक घटनाक्रमका साक्षी हुनुहुन्छ । खरेल फुटबल खेल्नको लागि प्रहरीमा भर्ति हुनुभएकाे थियाे । नेपालयको छैठौँ प्रकाशन पुस्तक ‘अच्युतकृष्ण खरेल’ हो । पुस्तकको मूल्य ९ सय ९५ रुपैयाँ तोकिएको छ ।