काठमाडाैं – नेपाल प्रहरीका पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलको आत्मकथा आगामी शनिबार सार्वजनिक हुँदैछ । आफ्नो जीवन भोगाइ र प्रहरी महानिरीक्षकका रुपमा काम गर्दाको अनुभव उहाँले पुस्तकमा समेट्नु भएकाे छ । आफ्नो भोगाइको परिधिभित्रको इतिहास हराउन नपाओस् भनेर आत्मकथा लेखेको उहाँले बताउनुभयाे ।
‘आफूलाई नायकका रूपमा स्थापित गर्ने उद्देश्यले मैले आत्मकथा लेखेको होइन,’ खरेलले भन्नु भएकाे छ, ‘मेरो उद्देश्य जीवनको आरोह-अवरोहमा भोगाइका परिधिभित्रको इतिहास हराउन नपाओस्, अपव्याख्या हुन नपाओस् र आमनागरिकको सुसूचित हुन पाउने अधिकारमा खिया लाग्न नपाओस् भन्ने मात्र हो ।’ प्रहरी सेवाको आफ्नो कार्यकालका महत्वपूर्ण घटना, त्यस बेलाका पात्र, प्रवृत्ति, प्रशासनिक कायदा र मर्यादा, संस्थागत अन्तरसम्बन्धका साथै भिन्न भिन्न संस्थाको व्यवहार र आचरणको आलेख सुरक्षित रहोस् भनेर आत्मकथा लेखेको खरेलको भनाइ छ ।
उहाँको पुस्तक पब्लिकेसन्स नेपालयले बारमा ल्याउन लागेको हो । खरेलको आत्मकथाले पञ्चायतदेखि प्रजातन्त्र पुनर्स्थापनापछिका केही महत्वपूर्ण राजनीतिक तथा सामाजिक घटनाक्रमलाई नजिकबाट नियाल्न सहयोग पुग्ने पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्केले बताउनुभयाे ।