Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – नेपाल चिकित्सक संघले पूर्वघोषित आन्दोलन स्थगित गरेको छ ।

संघद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले संघको माग अनुसार संशोधन प्रक्रिया अघि बढाएपछि आजबाट गर्ने भनिएका आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको उल्लेख छ ।

यद्यपी संघले देशभरका सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई सो ऐन संशोधन नहुन्जेलसम्मका लागि दवावमूलक कार्यक्रम भने यथावत राख्न भनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ १८ गते भएको सहमतिअनुसार संसोधन अघि बढाएको हो ।

महासचिव डा. लोचन कार्की हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ’नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल मेडिकल काउन्सिल र नेपाल चिकित्सक संघ बीच मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद–१९ इलाज सम्बन्धी कसूर लगायतका स्वास्थ्यकर्मीहरुको सुरक्षाका सवालहरु सम्बन्धमा भएको साझा सहमति एवं नेपाल चिकित्सक संघको माग अनुसार संशोधन प्रक्रिया अघि बढी सकेको छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गरिएको प्रतिबद्धता अनुरुप यथाशिघ्र ऐन संशोधन नभएको खण्डमा नेपाल चिकित्सक संघले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया