Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025
काठमाडौं- राष्ट्रिय जनमुक्ति पार्टीका उपाध्यक्ष केपी पालुङ्गाले निवर्तमान सभामुख सुवासचन्द्र नेम्वाङलाई संविधानसभालाई फाँसीमा चढाउने जल्लाद भएको आरोप लगाएका छन् ।
सुवास नेम्वाङको काम सभामुखको नभै पार्टीहरुको हलिया भएको भन्दै पालुङगाले भने- ‘ठूला दलका नेताहरुले हलियालाई संविधानसभालाई फाँसीमा चढा भनेर आदेश दिएको र उनले संविधानसभालाई जानीबुझी फाँसीमा चढाएकोले उनी जल्लाद हुन् ।’
रिपोर्टर्स क्लव नेपालमा राष्ट्रिय जनमुक्ति पार्टीले गरेको पत्रकार सम्मेलनमा बोल्दै पालुङ्गाले संवैधानिक समितिलेको वैठक नबोलाएर राष्ट्रप्रति घात गर्ने निलाम्बर आचार्य सहायक जल्लाद भएको आरोप लगाए ।
पालुङगाले संघीयता विरोधीहरु काँग्रेस, एमाले, राप्रपा, जनमोर्चा नेपालका सबै नेता तथा कार्यकर्ताहरुले आफूलाई परिवर्तन गरी राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गर्न आव्हान गरे ।
पत्रकार सम्मेलनमा राष्ट्रिय जनमुक्ति पार्टीले संविधानसभाको पुनःस्थापनाको विकल्प स्वीकार्ने तर त्यसो हुन नसक्दा ताजा जनादेश लागि संविधानसभाको निर्वाचनमा जानुपर्ने, २०६९ जेठ १४ सम्म संविधानसभाले गरेको उपलब्धिको रक्षाको लागि बृहत जनआन्दोलनको बाटो जानुपर्ने, राष्ट्रिय सहमतिको निर्माणका लागि राष्ट्रपतिबाट सर्वदलीय राजनीतिक सम्मेलनको आयोजना हुनुपर्नेजस्ता बुँदाहरुमा एक जुट हुन आव्हान गरेको छ । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया