Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

काठमाडौं –  यस वर्षको मदन पुरस्कार निलम कार्की निहारिकाको पुस्तक ‘योगमाया’ लाई दिइने भएको छ । अाज बसेको मदन पुरस्कार गुठीको बैठकले योगमाया उपन्यासलाई प्रदान गर्ने निर्णय गरेको हो ।

त्यस्तै पाँच दशकदेखि ‘बाल साहित्यको विकास, विस्तार तथा प्रवद्र्धन’ मा समर्पित शान्तदास मानन्धरलाई २०७४ सालको जगदम्बाश्री पुरस्कार प्रदान गर्ने बैठकले निर्णय गरेको छ । २०७४ को मदन पुरस्कारका लागि प्राप्त २ सय ५३ पुस्तकमध्ये गुठीले आठवटा पुस्तकलाई श्रेष्ठ पुस्तकका रुपमा छनौट गरेको थियाे । यीनै आठवटा पुस्तकमध्येबाट याेगमायालाई मदन पुरस्कार प्रदान गर्ने निर्णय भएकाे हाे ।

गुठीले घोषणा गरेका श्रेष्ठ आठ पुस्तकहरुमा नीलम कार्की निहारिकाको ‘योगमाया’, ध्रुवसत्य परियारको ‘कैरन’, नयनराज पाण्डेको ‘यार’, सरस्वती प्रतीक्षाको ‘नथिया’, यज्ञशको ‘भुइँया’, राज माङ्लाकको ‘लिम्बूनी गाउँ’, तीर्थ गुरुङको ‘पाठशाला’ र मोहन वैद्य किरणको ‘हिमाली दर्शन’ रहेका थिए ।

तपाईको प्रतिक्रिया