Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – शुक्रबार रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको सटही दर केही पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ८३ पैसा र बिक्रिदर २९ रुपैयाँ ९९ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्रिदर ३० रुपैयाँ ७७ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ४६ पैसा र बिक्रिदर ३० रुपैयाँ ६२ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २६ पैसा र बिक्रिदर २७ रुपैयाँ ४० पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९७ पैसा र बिक्रिदर १० रुपैयाँ ०२ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६९ रुपैयाँ ३३ पैसा छ भने बिक्रिदर ३ सय ७१ रुपैयाँ ३१ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९६ रुपैयाँ ६७ पैसा र बिक्रिदर २ सय ९८ रुपैयाँ २६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया