Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – निजी क्षेत्रको वायुसेवा प्रदायक यति एयरलाइन्सले थप जहाज ल्याउने भएको छ । आन्तरिक उडान गरिरहेको यतिले लामो धावनमार्ग भएका विमानस्थलमा उडान गर्नेगरी एटिआर७२-५०० सिरिजको जहाज ल्याउन लागेको हो ।

यात्रु चाप र बजार व्यवस्थालाई ध्यान दिंदै उडान विस्तार गर्न जहाज ल्याउन लागिएको एयरलाइन्सका मिडिया म्यानेजर भिमराज राइले जानकारी दिनुभयाे । विराटनगर, भैरहवा जस्ता मुख्य गन्तव्यमा उडान गर्न एयरलायन्सले जहाज थप गर्न लागेको जानकारी दिएको छ । यसअघि नै यही सिरिजका २ जहाज ल्याएयर उडाइरहेको एयरलाइन्सले थप जहाजको लागि सरकारी निकायबाट अनुमति पाइसकेको र यही अगष्टभित्रै काठमाडौं ल्याइपुर्याउने जनाएको छ ।

एयरलाइन्सले हाल ६ वटा जेटस्ट्रिम र २  एटिअारबाट भद्रपुर,विराटनगर, जनकपुर,पाेखरा, भरतपुर, भैरहवा र नेपालग‌ंज उडान गरिरहेकाे छ । दुर्गम क्षेत्रमा उडान गर्न भगिन संस्थाकाे रुपमा तारा एयर स्थापना  गरेकाे यतिले तुम्लिङटार र लुक्लामा पनि उडान गरिरहेकाे छ ।

६ वटा ट्विनअटर किन्ने नेपाल एयरलाइन्सको तयारी
नेपाल एयरलाइन्सले आन्तरिक उडानका लागि भन्दै ल्याएका ६ वटा चिनियाँ जहाज चलाउन नसकेर भाडामा दिने प्रस्ताव गरेको छ । उसले चीन सरकारको ऋण सहयोगमा आएका ती जहाज चलाउन नसक्ने भन्दै पाँच वर्षका लागि भाडामा दिएर आन्तरिक क्षेत्रमा उडान गर्न ट्विनअटर जहाज खरिद गर्ने योजना बनाएको छ ।

एयरलाइन्सले आन्तरिक उडानको लागि ६ वटा भाइकिङका ट्विनअटर जहाज खरिद गर्ने र त्यसको लागि व्यापारिक योजना बनाइरहेको जानकारी दिएको छ । यही वर्षभित्र खरिद प्रक्रिया सुरू गरिसक्ने एयरलायन्सका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिनुभयाे । यसअघि सन् १९७१ मै पहिलोपटक ट्विनअटर विमान ल्याएको एयरलाइन्सले नेपालका प्राय सबै दुर्गम क्षेत्रमा उडान गरेको थियो ।

हाल पनि तीनवटा ट्विनअटर भएको एयरलाइन्सले एउटामात्र उडाएको छ । तर अब ल्याइने विमान भने पुराना ट्विनअटर होइनन् । कम्पनी परिवर्तन भएर नयाँ सिरिजका जहाज उत्पादन भइरहेकाले नयाँ ल्याउने भए पनि सिट क्षमता भने १९ नै रहने छ । एयरलाइन्सले ल्याउने भनिएका जहाज भाइकिङ ट्विनअटर डिएचसी-६-४०० सिरिजका हुन् ।  कम्पनीबाट सिधै खरिद गर्ने योजना बनाएको एयरलाइन्सले यसको लागि बढीमा सवा ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ ।

तपाईको प्रतिक्रिया