Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – नेपालमा गत आर्थिक वर्ष सात खर्ब ३० अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ । यो परिमाण अघिल्लो आवभन्दा ३५ अर्ब बढी हो । पछिल्ला वर्ष रेमिटेन्स वृद्धिदर घट्दै गए पनि आव २०७४-०७५ मा अघिल्लो आवको तुलनामा केही सुधार आएको छ ।

राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले आव २०७३-०७४ मा ४.५१ प्रतिशतले बढेको रेमिटेन्स गत आवमा सुधार भएर ५.३ प्रतिशत बढेको जानकारी दिनुभयाे । आवमा २०७२-७३ मा ७.७७ प्रतिशत रेमिटेन्स बढेको थियो । खासगरी भूकम्पयता बाहिर रोजगारीमा जाने कामदारको संख्या घट्दा रेमिटेन्स वृद्धिदर घटेको हो । देशमा लामो समय पश्चात स्थायी सरकार बनेको र देशभित्रै रोजगारीका अवसरहरू खोजिदै छन् ।

यसले पनि वैदेशिक रोजगारीमा जानेको संख्या घटाएको छ । नेपालका आधाभन्दा बढी घरधुरीको प्रमुख आय स्रोत रेमिटेन्स हो । पछिल्ला पाँच वर्ष हरेक रेमिटेन्स आप्रवाह निरन्तर बढे पनि वृद्धिदर घटेको छ । रेमिटेन्सले नेपालीको जीवनस्तरमा सुधार आउनुका साथै गरिबी न्यूनीकरणमा टेवा पुगेकोे छ । विशेषगरी नेपालबाट मेलेसिया, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, कुबेत, दक्षिण कोरिया, बहराइन, ओमानलगायत मुलकमा कामदार जाने गरेका छन् ।

मेलेसिया, कतार, संयुक्त अरब इमिरेट्स नेपालीका प्रमुख गन्तव्य हुन् । गत आवमा सबैभन्दा धेरै कामदार मलेसिया गएका छन् । राष्ट्र बैंकको जेठ मसान्तसम्मको तथ्यांकअनुसार गत आवमा मेलेसियामा एक लाख चार हजारभन्दा बढी कामदार गएका छन् । कतारमा ९७ हजार पाँच सयभन्दा बढी, संयुक्त अरब इमिरेट्समा ५५ हजार ६ सयभन्दा कामदार गएका छन् ।

तपाईको प्रतिक्रिया