Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – अमेरिकी डलरको मूल्य ११२ रुपैयाँ नाघेको छ । यो हालसम्मकै उच्च हो । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि डलरको बिक्रीदर मूल्य ११२ रुपैयाँ २० पैसा तथा खरिददर मूल्य १११ रुपैयाँ ६० पैसा तोकेको छ । एकै दिन डलरको मूल्य १ रुपैयाँ ७७ पैसाले बढेको हो । यसअघि सोमबार बिक्रीदर मूल्य ११० रुपैयाँ ४३ पैसा थियो ।

आफ्नो व्यापार घाटा कम गर्ने उद्देश्यले अमेरिकाले विभिन्न देशबाट आयात हुने बस्तुमा कडाई गरेसँगै डलर महँगिएको हो । यसअघि चीनबाट आयातित हुने बस्तुमा कडाई गरेको उसले हालै टर्कीबाट हुने आयातमा कडाई गरेको छ । अमेरिकाले टर्कीबाट हुने आयातमा कडाई गर्नु र इरानसँग तेलको व्यापार गरेका अन्य मुलुकलाई समेत चेतावनी दिएसँगै मंगलबार डलर मजबुत बनेको भारतीय संचारमाध्यमले जनाएका छन् । टर्कीबाट हुने धातुको आयातमा अमेरिकाले दुई गुणा आयात शुल्क लगाएको छ । जसले गर्दा टर्कीको मुद्रा लिरा’मा उच्च गिरावट आएको छ ।

सोमबार मात्रै सो मुद्रा अमेरिकी डलरसँगको बिनिमयदरमा ९ प्रतिशतले घटेको छ । त्यस्तै इरानबाट तेल खरिद गर्दै आएका मुलुकहरुलाई समेत अमेरिकाले नकिन्न चेतावनी दिँदै आएको छ । इरानको व्यापारमा प्रतिवन्ध लगाउने रणनीतिअनुरुप उसले त्यहाँबाट तेल खरिद गर्ने राष्ट्रलाई चेतावनी दिएपछि डलरको माग बढेको संचारमाध्यमले जनाएका छन् । भारु कमजोर बनेसँगै स्थिर बिनिमयदर रहेको नेपाली मुद्रा स्वतः हालसम्मकै सबैभन्दा कमजोर बनेको छ ।

डलर महँगिदा कस्तो असर पर्छ ?
नेपाली मुद्रा कमजोर हुँदा आयातित बस्तुमा बढी रकम खर्चिनुपर्दछ। नेपालमा सबैभन्दा बढी रकमको आयात हुने बस्तुहरुमध्ये पेट्रोलियम पदार्थ, अटोमोबाइल्स तथा पार्टपूर्जा, फलाम लगायतको मूल्य बढी पर्न जान्छ । यसले गर्दा ब्यापार घाटा थपिन जानेछ । उपभोग्य बस्तुहरुको मूल्य समेत बढ्ने भएकाले यसबाट मूल्यबृद्धिमा चाप पर्न जान्छ ।

सरकारले चालु आर्थिक वर्षमा साढे ६ प्रतिशतको सीमाभित्र मूल्यबृद्धि सीमित राख्ने योजना बनाएको छ । डलरको मूल्यबृद्धिले सो लक्ष्य विफल पार्न सक्नेछ । आयातित उत्पादनमा निर्भर रहेका कारण सबैजसो सामानको मूल्य चुलिन जान्छ । निर्माणाधिन विकासका पूर्वाधारमा लागत महँगो पर्न जान्छ । यसको एउटा उदाहरण निर्माणाधिन माथिल्लो तामाकोसी आयोजना हो । आयोजनाको विस्तृत डिजाइनपछि डलर महँगिदै जाँदा अर्थात मुद्रा अवमूल्यनकै कारण निर्माण सम्पन्न नहुँदै ७ अर्ब लागत बढी पर्न गएको छ ।

तपाईको प्रतिक्रिया