काठमाडौं– मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का बरिष्ठ नेता शरतसिंह भण्डारीको प्रधानमन्त्री बाबुराम भट्टराईले भारत भ्रमणमा गरेको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण (बिपा) सम्झौताको स्वागत गरेका छन् ।
उनले सम्झौतापछि नेपालमा विदेशी लगानी भित्र्याउन ढोका खोलेको टिप्पणी गरे । बिहीबार आफ्नै निवास भैंसेपाटीमा सञ्चारकर्मीको देउसी टोलीसँग उनले भने– ‘बिपाको पक्षमा सवै मधेसवादी दलहरु एक हुनुपर्छ ।
मुलुक टुक्र्याउने अभिव्यक्ति दिएपछि तत्कालिन भण्डारीलाई पार्टीको सिफारिसमा डेढ साताअघि प्रधानमन्त्री बाबुराम भट्टराईले बर्खास्त गरेका थिए ।