Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – गालामा देखिने गहिरो दाग हटाउन बेसनको प्रयोग गर्न सकिन्छ । यसका लागि दूध, बेसन र कागतीको रसको मिश्रण गराई तयार भएको पेस्टलाई अनुहारमा लगाउनुपर्छ । यसलाई अनुहारमा आधा घन्टासम्म राखेर सुक्न दिनुपर्छ र त्यतिवेलासम्म अनुहार चलाउन पनि हुँदैन । त्यसपछि पखाल्न सकिन्छ ।


यस्ता दाग हटाउन दहीको पनि प्रयोग गर्न सकिन्छ । एक कचौरा दही र कागतीको रस मिलाएर पहिला पेस्ट बनाउनुपर्छ । र, त्यसलाई अनुहारमा लगाउनुपर्छ ।

अर्को आइडिया भनेको कागती र महलाई बराबर मात्रामा मिश्रण गराउने र यस्तो मिश्रणलाई दुईदेखि तीन मिनेटसम्म अनुहारमा लगाउनुपर्छ । जसले छालालाई नरम बनाउँछ र अनुहारको दाग–धब्बा हट्न मद्दत पुग्छ ।

बेसारमा पाइने एन्टिब्याक्टेरियल गुण स्किनका लागि निकै उपयोगी हुन्छ । त्यसैले सस्र्यूंको तेलमा बेसार पकाएर अनुहारमा लगाउँदा अनुहारको दाग–धब्बा हटेर जान्छ ।

तपाईको प्रतिक्रिया