Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – लस एन्जलसमा लागेको भयावह आगलागीबाट हालसम्म २४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १६ जना अझै बेपत्ता छन्। आवासीय क्षेत्रतर्फ फैलिरहेको आगो नियन्त्रणमा लिन अग्निनियन्त्रकहरूले भरपूर प्रयास गरिरहेका भए पनि सफल हुन सकेका छैनन्। प्यालिसेड्स क्षेत्रमा फैलिएको आगो रोक्न हवाई टोलीले आकाशबाट निरन्तर पानी छर्किरहेको छ।

यो आगलागी हालसम्म ३७ हजार एकडभन्दा बढी क्षेत्रफलमा फैलिसकेको छ र ब्रेन्टवुडतर्फ सरिरहेको छ। अर्कोतर्फ, पानीको अभावका कारण जनतामा बढ्दो आक्रोश देखेर अधिकारीहरू रक्षात्मक मोडमा देखिएको मिडिया रिपोर्टमा उल्लेख छ । मौसम विभागले रातमा हावा अझ तीव्र हुने सम्भावना औंल्याएपछि आगोको अवस्था गम्भीर बन्ने चिन्ता बढेको छ। विशेषगरी सान्ता आना नामक तीव्र हावा शनिबार र आइतबार समेत बलियो हुने चेतावनी दिइएको छ, जसले आगोलाई झन् फैलाउने जोखिम छ।

क्यालिफोर्नियाका सात छिमेकी राज्य र संघीय सरकारले आगो नियन्त्रणका लागि सहयोग गरिरहेका छन्। छिमेकी देश क्यानडा र मेक्सिकोले समेत सहयोग उपलब्ध गराएका छन्। यस विनाशकारी घटनामा केही स्थानमा लुटपाटका घटना पनि बढ्दो क्रममा छन्। प्रहरीले २९ जनालाई गिरफ्तार गरेको छ भने सो क्षेत्रको सुरक्षाका लागि एक हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ।

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया