Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडाैं – प्रदेश ७ का  जिल्लाहरुमा एचआईभीको संक्रमण घट्दै गएको पाइएकाे छ । राष्ट्रिय एचआईभी/एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकुको सहयोगमा नेशनल इन्सिटिच्युट डेभलपमेन्ट एण्ड रिचर्स प्रा.लि. ले गरेकाे एकिकृत जैविक तथा व्यवहारिक सर्वेक्षणमा  जाँच गरिएका महिलाहरुमध्ये यौन रोग अधिकांशमा देखा परे पनि कसैमा पनि एचआईभीको संक्रमण फेला नपरेको पाइएकाे छ ।

नेशनल ईन्सिच्युट फर डेभलपमेन्ट एण्ड रिचर्स प्रा.लि. का अध्यक्ष तर्कराज भट्टका अनुसार कामको शिलसिलामा भारत जाने व्यक्तिका १६ बर्ष भन्दा माथिका श्रीमतीमा सर्वेक्षण गरिएको थियाे । प्रदेश ७ का कैलाली, कञ्चनपुर, डोटी र अछाम जिल्लाहरुमा उक्त सर्वेक्षण गरिएको हो । अध्ययनका क्रममा यौन व्यवहार, कण्डमको प्रयोग, नियमित एचआईभी जाँच लगायतका अवस्थाको बारेमा अध्ययन गरिनुका साथै कामदारका श्रीमतीहरुमा एचआईभी र यौन रोग भए \नभएको  साथै एचआईभी एड्स र यौनरोगका सम्बन्धमा ज्ञान चेतना कस्तो छ भनेर अध्ययन गरिएको हाे ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख भुषण मिश्रले जिल्लामा लामो समयदेखि एआरभी औषधी सेवन गरिरहेका एचआईभी संक्रमितहरुको संख्या ठूलो भए पनि नयाँ एचआईभी संक्रमितहरु पत्ता लाग्ने क्रम भने अघिल्ला वर्षहरुको तुलनामा न्यून रहेकाे बताएका छन् । निमित्त प्रमुख मिश्रका अनुसार  सरकारी तथा गैरसकारी क्षेत्रवाट सञ्चालन भएका जनचेतनामुलक कृयाकलापहरुका कारण पनि नयां संक्रमण दर कम भएकाे हाे ।

तपाईको प्रतिक्रिया